बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सप्तकोसीमा पानीको बहाव घटेसँगै पुरानै स्थानमा फर्किंदै बेलकाबासी


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २०, २०७९
  • 416
    SHARES

२० साउन, काठमाडौं । सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका क्षेत्रका स्थानीयबासी पुरानै स्थानमा फर्किन थालेको प्रहरीले जनाएको छ । कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा एक हजार ५०० भन्दा बढी स्थानीयबासी बिस्थापित भएका थिए ।

उनीहरुलाई प्रहरी र सेनाको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । हाल बेलका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरी करिब ३०० जनशक्ति परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखि वर्षा कम भएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ ।

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ ।

पुरानै धारमा कोशी फर्किएको खण्डमा बेलका नगरपालिकाको सोमबारे, डुम्रिबोट, मसानघाट, धौरीटप्पु, चिलिया, रामनगर आदि लगायतका वस्तीबाट सप्तकोशी बग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)