शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरीका जुट खेतीका किसान निराश, मल नपाएकोमा चिन्तित


  • माउन्टेन खबर
  • शनिबार, भदौ २५, २०७९
  • 419
    SHARES

काठमाडौं, २५ भदौ । अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।

मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाई छ ।

भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ ।

सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, “सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।”

खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।

रामकृपाल भन्छन, “पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।”

विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएतापनि केहि किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरुमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँकात्यू छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }