बिहिबार, बैशाख २०, २०८१

नेपालको आर्थिक वृद्धि वर्ष ४.७ प्रतिशत रहने एडीबीको प्रक्षेपण


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 165
    SHARES

काठमाडौं, ५ असोज

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७९-८० ९ मा ४.७ प्रतिशतले (बजार मूल्यमा) विस्तार हुने एशियाली विकास बैंक (एडीबी) को प्रकाशन एशियाली विकास आउटलुक (एडीओ) २०२२ को अद्यावधिक प्रतिवेदनले देखाएको छ । यो आर्थिक वर्ष २०२२ को ५.८ प्रतिशतको अनुमानित वृद्धिभन्दा कम हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही संकुचन आउने अनुमान एडीबीले गरेको हो । यसो हुनुमा सरकारले अहिले लिएका नीतिहरु मुख्य कारण हुने एडीबीको विश्लेषण छ । सरकारले आयातमा अंकुश लगाइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका कन्ट्री निर्देशक अर्नाउड काउकोइसले बताएका छन् ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }