शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजदेखि भारतीय गाडीलाई पूर्वी नाकाबाट ‘सुविधा पास’


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 173
    SHARES

झापा, १० असोज । मेची भन्सार कार्यालयले आज सोमवारदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका गाडीलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेको छ ।

गएको तीन वर्षदेखि भारतीय गाडीलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतवार सूचना निकालेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई सुविधा पास दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घ–संस्थाले सीमा नजिकको बजारसम्म भारतीय गाडीलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताउनुभयो । मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै त्यो माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय गाडीले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र गाडी चलाउन दैनिक पाँच सय रुपैयाँ तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका गाडीले नेपालसँगको सीमा नाघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }