शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 155
    SHARES

काठमाडौं, १२ काठमाडौ। मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }