शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनमा डेङ्गीबाट एक महिलाको ज्यान गयाे


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 213
    SHARES

चितवन, १३ असोज । डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको ज्यान गएकाे छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट ज्यान गएकाे हाे ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण ज्यान गएकाे थियाे ।

चितवनमा अहिलेसम्म सात सय ४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }