शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पहिरोले अवरुद्ध त्रिशूली–गल्छी सडक साँझसम्ममा खुल्ने


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 163
    SHARES

काठमाडौ, १४ असोज । नुवाकोटको त्रिशूली–गल्छी सडकखण्डको बुधसिंहघाटमा गएको पहिरोको कारण अवरुद्ध सडकको पहिरो हटाउन थालिएको छ । अवरुद्ध सडक साँझसम्म खुल्न सक्ने बताइएको छ । त्रिशूली–गल्छी सडकखण्डको बेलकोटगढी नपा– ७ बुधसिंहघाटमा बिहीबार बेलुका ५ः३० बजेतिर गएको पहिरोको कारण अवरुद्ध सडक शुक्रबार बिहानबाट मात्र खुलाउन थालिएको छ ।

रातिको समयमा पहिरो हटाउन जोखिम भएकाले बिहानबाट मात्र पहिरो हटाउने काम भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिमालले जानकारी दिए । प्रजिअ रिमालले भने, ‘पहिरो ठूलो भएको कारण एकैदिनमा हटाउन नसकिएला भन्ने लागेको छ । तर, काम भइरहेको छ । आज साँझसम्म वा जतिसक्दो छिटो खुलाउनेछौँ ।’

सडक विस्तारको क्रममा पहाड धेरै काटिएका कारण पहिरो गएको हो । यो क्षेत्रमा पटकपटक पहिरो गएर सडक रोकिँदै आएको छ । बुधसिंहघाटको पहिरो हटाउने र वैकल्पिक सडक सञ्चालन गर्ने दुवै काम भइरहेको छ । तारकेश्वर– ४ र विदुर– ३ मा रहेको छत्रेखोलामा पुल नभएको कारण वैकल्पिक सडक नहुँदा रोकिएका साधनहरू पार गराउन खोलामा ह्युमपाइप हाल्ने काम भइरहेको छ । काठमाडौंबाट गल्छी हुँदै नुवाकोट आउने सजिलो सडक भएको कारण यो सडकमा सवारीसाधनको चाप धेरै रहेको छ ।

यस्तै, पहिरोले कारण अप्टिकल फाइबर छिनेकाले नुवाकोटमा नेपाल टेलिकमको मोबाइल फोन, ल्यान्डलाइन फोन र इन्टरनेटसमेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }