शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणी नदीले खतराको सूचक पार गर्‍यो, तटीय क्षेत्र जोखिममा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 184
    SHARES

चितवन, २० असोज । लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ । जसकारण बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताए ।

पानीको बहाब बढेपछि बिहीबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए । पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्नसक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको पानी पस्ने खतरा भएकाले सुरक्षा निकायले सुरक्षित स्थानमा बस्न माईकिङ गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }