शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सगरमाथा बेसक्याम्पमा अन्तर्राष्ट्रिय सेफ्स सम्मेलन गर्ने लक्ष्य छ : सेफ्स सरोज थापा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १२, २०७९
  • 361
    SHARES

काठमाडौँ, १२ कात्तिक । विगत २२ वर्षदेखि अन्तर्राष्ट्रिय चेन होटलमा सेफ्सको रुपमा कार्यरत वरिष्ठ सेफ्स सरोज थापाले नेपालको सगरमाथा बेसक्याम्पमा अन्तर्राष्ट्रिय सेफ्स सम्मेलन गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

जर्मनको चेन होटल साउदी अरबको क्यामपेन्स्की पाँचतारे होटलमा कार्यरत थापाले सगरमाथा बेसक्याम्पमा अन्तर्राष्ट्रिय सेफ्स सम्मेलन गरेर विश्वलाई एउटा नवीन सन्देश दिन खोज्नुभएको हो । उहाँ वल्र्ड सेफ्स एशोसियशनको जज मेम्बर समेत हुनुहुन्छ ।

विशेष गरी बेकरी र पेस्ट ट्री (केक) बनाएर विश्वकै ध्यान तान्न सफल थापाले चकलेट डे को दिन सबैलाई दङ्ग पार्नुभएको थियो । नेपालमा जन्मेर विदेशी माटोमा आफ्नो कला देखाउन सफल थापा सबैका लागि लोकप्रिय बन्नुभयो ।

को हुन सेफ सेफ्स सरोज थापा ?

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा विस २०३९ पुस ३ गते बुवा नारायण थापा र आमा चिनकुमारी थापाको कोखबाट मध्यम परिवारमा उहाँको जन्म भएको हो ।

चार दिदीबहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनुभयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनुभएका थापाले होटल व्यवस्थापन तालिम केन्द्र (नाथम) रविभवनमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन गर्नुभयो ।

नाथमको पढाईसँगै रोजगारीका सिलसिलामा विदेशीनुभएका थापाले जर्मन र फ्रान्समा बेकरी र पेस्ट टिमा डिप्लोमा सम्मको अध्ययन पुरा गर्नुभएको छ ।

उहाँको दक्षतालाई कदर गर्दै विश्वका विभिन्न देशले उहाँलाई सम्मान गर्दै उहाँहरुको पेशागत संस्था वल्ड सेफ एसोसिएसन (सोसाइटी)ले आजिवन सदस्यता दिलाएको छ । जसका कारण उहाँ हरेक बर्ष युरोपका देशहरु जानुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }