बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १४, २०७९
  • 466
    SHARES

रसुवा-  जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । यसका लागि कार्यालयले उहाँहरुलाई आजदेखि प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जिल्लाका पाँचवटै गाउँपालिकाका २७ वडाका महिला स्वयंसेविका मार्फत् मतदाता शिक्षा प्रदान गर्न लागिएको जानकारी दिनुभयो । पहिलो चरणमा सम्बन्धित गाउँपालिकाको तोकिएको अधिकृतलाई प्रशिक्षण दिई प्रशिक्षक तयार गरिने र उहाँहरुमार्फत् महिला स्वयंसेविकालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।

सत्ताइस वडामा परिचालन हुने ती महिला स्वयमंसेविकाले प्रत्येक गाउँ टोलमा पुगी मतदानको महत्व, मतपत्रको सदुपयोगजस्ता विषयमा मतदातालाई जानकारी दिनेछन् । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य दुई रहेको जिल्लामा ३९ हजार चार सय ५९ मतदाता छन् । मतदानका लागि ५२ केन्द्र तय भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)