बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा कांग्रेस नेता आचार्य बलियो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २८, २०७९
  • 368
    SHARES

रसुवा । रसुवा जिल्लाबाट मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उम्मेदवार मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामको आँकडा अनुसार नेपाली कांग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङ भन्दा बलिया देखिएका हुन् ।

यस अधि प्रतिनिधिसभा सदस्यको जिम्मेवारी हासिल गरी सकेका आचार्य रसुवा जिल्लाका पाका र रसुवावासीले मन पराएका उम्मेदवारको पहिचान बनाएका उम्मेदवार हुन् । ५ वटा पालिका रहेको रसुवा जिल्लामा सङ्घीय प्रतिनिधिका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । भने प्रदेश तर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको छ ।

स्थानीय तहको निर्वाचनमा पाँच मध्य ३ वटा पालिका प्रमुखमा र दुई वटा उप-प्रमुखमा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो, भने दुई वटा पालिका प्रमुख र ३ वटा उप-प्रमुखमा नेकपा एमालेलेका उम्मेदवार विजयी भएका थिए । स्थानीय चुनावमा दलहरू एक्ला एक्लै भिडेको अवस्थामा नेकपा एमाले भन्दा १२१ मत कम ल्याए पनि ३ वटा पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवा जिल्लामा माओवादी केन्द्र, नेकपा (समाजवादी) लगायतका दलहरूको गठबन्धनका साझा उम्मेदवारका रूपमा मोहन आचार्य प्रतिस्पर्धामा छन् । गएको वैशाख महिनामा सम्पन्न स्थानीय चुनावमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २८७ मत, नेपाली कांग्रेसले १२ हजार १५५, माओवादी केन्द्रले ३२ सय २७ र नेपाल नेकपा (समाजवादी) ले ४६ मत हासिल गरेको थिए ।

सोही मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४३९ हुन्छ भने, एमालेको १२ हजार २८७ मत हुन आउँछ । यो परिणामलाई हेर्दा गठबन्धनका तर्फबाटको उम्मेदवारको मत ३१ सय ५२ बढी देखिएकोले रसुवामा गठबन्धनका तर्फबाटका साझा उम्मेदवार नेपाली कांग्रेसका आचार्य विजयी हुने सम्भावना बढी रहेको छ ।

त्यस्तै प्रदेशसभाका लागि (क) बाट नेपाली कांग्रेसका प्रभात लामा तामाङ उम्मेदवार बनेका छन्, भने नेकपा एमालेबाट कुल प्रसाद भट्ट प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट इन्द्रप्रसाद गोतामे (जगतजंग) र नेकपा एमाले बाट तेम्बेल तामाङ बीच  प्रतिस्पर्धा हुँदै छ ।

रसुवा जिल्लामा सङ्घ भन्दा प्रदेशसभाका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धन सहितका दलहरू चुनावी मैदानमा होमिई घर दैलोमा वेस्त हरेका बेला रसुवामा ३ स्वतन्त्र उम्मेदवार पनि प्रचार प्रसारलाई तीव्र बनाई रहेका छन् । स्थानीय चुनावमा काठमाडौ, धरान लगायतका केही स्थानमा स्वतन्त्र उम्मेदवारहरूको सफलता देखेर आफुले पनि जित्ने सपना देखेका स्वतन्त्र उम्मेदवारलाई रसुवामा गठबन्धन सहितका दल सँग प्रतिस्पर्धा गर्नु फलामका चिउरा झैँ हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यको चुनावमा रसुवा जिल्ला बाट ३ स्वतन्त्र सहित १० पार्टीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)