
रसुवा । रसुवामा मोहन आचार्यको अग्रता कायमै रहेको छ । ५७३६ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्यले ३३५० मत प्राप्त गर्नुभएको छ ।
आचार्यका प्रतिद्धन्द्धी एमालेका छोवाङ तेन्जिन तामाङले २१४० मत प्राप्त गर्नुभएको छ ।गणना भएकामध्ये एक सय ५१ मत बदर भएका छन् ।
यस्तै प्रदेशसभा ‘क’ मा ४ हजार ४९ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले२ हजार४ सय ९९ मतप्राप्त गर्नुभएको छ भने एमालेका कूलप्रसाद भट्टले १३ सय ४३ मत प्राप्त गर्नुभएको छ । रसुवा प्रदेश खको मत परिणाम भने आउन बाँकी छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।