शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 180
    SHARES

काठमाडौं, ८ मंसिर । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ११।५६ अंक ९०।६० प्रतिशत० ले बढेर १९३३।५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०।०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ ।

जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ ।

बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६।८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४।८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४।८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २।८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २।०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १।९७ प्रतिशतले गिरावट भएको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }