शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यकः निजी क्षेत्र


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 257
    SHARES

काठमाडौं-  आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यक्ता भएको निजी क्षेत्रले बताएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा अब मुलुकको नेतृत्वमा कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन । यही कारण समस्याग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार चुनौतिपूर्ण हुने देखिएको छ । नयाँ सरकार बनाउँदा एक वा दुई भन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । अब बन्ने सरकारलाई धेरै चुनौतिहरु रहेका छन् । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने नेतृत्व आउँछ की आउँदैन भन्ने चासो निजी क्षेत्रलाई छ । त्यस्तै,संकटमा रहेको अर्थतन्त्र सुधार गरी मुलुकमा दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यक भएको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् । निजी क्षेत्रले मुलुकमा छोटो समय धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिक परिवर्तनका एजेण्डालाई छोडेर आर्थिक समृद्धिको एजेण्डा साकार पार्ने नेतृत्व सरकारमा आउनुपर्ने बताएको छ । निजी क्षेत्रले मुलुकमा बलियो स्थिर सरकार नभएको कारण आर्थिक समृद्धिमा मुलुक पछाडि परेको दाबी गरेको छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सबै नेपालीहरुको आर्थिक समृद्धि चाहेको भन्दै मुलुकमा समृद्धि ल्याउनसक्ने नेतृत्व सरकारमा आउनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिलेसम्म सबै राजनीतिक दलहरुले आर्थिक एजेण्डा बोकेपनि लोकप्रियता कमाउनको लागि मात्रै भएको बताउनु भयो । अध्यक्ष गोल्छाले अब बन्ने सरकारले राजनीतिक एजेण्डा भन्दा पनि आर्थिक ऐजेण्डा विशेष गरेर वर्तमान अर्थतन्त्र संकटमा सुधार गरी दिगो आर्थिक विकास गर्नसक्ने सरकार बन्नुपर्ने बताउनु भयो । उहाँले संकट रहेको अर्थतन्त्रलाई सवल बनाउनसक्ने नेतृत्वमा सरकार बन्ने विश्वास निजी क्षेत्रको रहेको बताउनु भयो । उहाँले मुलुकमा आर्थिक समृद्धि ल्याउनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नेतृत्व सरकार बन्ने विश्वास लिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ अहिले सबै राजनीतिक दलहरुले आर्थिक क्रान्तिकै कुरा गरिरहेका छन् । पार्टीहरुले एजेण्डाको रुपमा लोकप्रियता बढाउनको लागि मात्रै आर्थिक एजेण्डा अगाडि ल्याएका छन् । तर उद्योग व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सकेका छैनन् । निजी क्षेत्रको चाहना के हो भने अब बन्ने सरकारले राजनीतिक एजेण्डा भन्दापनि आर्थिक ऐजेण्डा विशेष गरेर वर्तमान अर्थतन्त्र संकटमा पुगेको छ । संकटमा पर्न लागेको अर्थतन्त्रलाई सबल बनाएर सम्बोधन गर्न पहल गर्ने सरकार बन्ने विश्वास गरेका छांै । नेपाली जनताले चाहेकको मुलुकको समृद्धि हो । अब बन्ने सरकारले मुलुकमा कसरी समृद्धि प्राप्त गर्न सकिन्छ भनेर निजी क्षेत्रसँग सहकार्य बिना सम्भव छैन । मुलुकमा समृद्धि प्राप्त गर्नसक्ने नेतृत्व सरकारमा आउनुपर्छ भन्ने विश्वास छ ।’

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्ने बताउनु भयो । उहाँले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भएपनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले निर्वाचनको परिणाम आउँदैछ । कुनैपनि एउटा पार्टीको बहुमतको सरकार बन्ने देखिएन । निजी क्षेत्र के चाहन्छ भने नयाँ बन्ने सरकार मिलिजुली भएपनि आर्थिक स्थायित्व दिने हुनुपर्छ । जनतालाई सेवा सुविधा दिने विषयमा सहज सरल बनाउन सकोस् । राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनुपर्छ भन्ने धारणा राख्दछु ।’

त्यस्तै,उद्योगी तथा गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब बन्ने सरकार राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित बन्नुपर्ने बताउनु भयो । अध्यक्ष गोल्यानले पाँच वर्षमा देशको बाटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउनसक्ने नेतृत्वमा सरकार बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालका राजनीतिक दलहरुले सोचमा परिर्वतन गर्न आवश्यक भएको बताउनु भयो । अध्यक्ष गोल्यानले आफू र आफ्नो पार्टीको लागि नभएर देशको लागि सोच्ने नेतृत्वले मात्रै अर्थतन्त्रमा परिर्वतन ल्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अब बन्ने सरकारको पहिलो एजेण्डा नै आर्थिक एजेण्डा हुनुपर्छ । अब पनि राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित हुनुपर्छ । देशको माटो र नेपाली जनता सुहाउँदो नीति आउनुप¥यो । सानो देश भएकाले पाँच वर्षमा देशको माटो सुहाउँदो नीति बनाउन सक्छौं । तर त्यसको लागि राजनीतिक पार्टीको सोच परिवर्तन हुनुपर्छ । पाँच वर्ष चुनाव जितेर आयौं भन्ने सोचको नतिजा यो निर्वाचन हो । सरकारमा जुनसुकै पार्टी आएपनि देशको लागि काम गर्नुपर्छ । आफू र आफ्नो पार्टीको लागि होइन । देशको लागि सोच्ने नेतृत्वले परिवर्तन ल्याउँछ । यो भन्दा अगाडि भागबण्डा र नीतिगत भ्रष्टाचार कसरी गर्ने, कुनै एक व्यक्तिलाई मात्रै फाइदा हुने नीति बनाउने र धनीसँधै धनी बनिरहने र गरिब झन गरिब भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अबको सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर अगाडि ल्याउनुपर्छ । कृषिलाई नै सबैभन्दा बढी नाफामुलुक उद्योग बनाउनु प¥यो । पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनु पर्छ । सरकारको आर्थिक विकासमा ध्यान जानुपर्छ । अब फेरि आफ्नो स्वार्थमा मात्रै काम गर्नु भएन । जनता र देशको लागि काम गर्ने नेतृत्व सरकारमा आउनुपर्छ भन्ने हो ।’

अध्यक्ष गोल्यानले आगामी नयाँ सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिलाई सबैभन्दा बढी नाफामुलुक उद्योग बनाउनसक्ने नेतृत्वको सरकार आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }