शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण


  • माउन्टेन खबर
  • सोमवार, पुस ११, २०७९
  • 199
    SHARES

कर्णाली ।  कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराउनुभयो ।

छैसठ्ठी वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराउनुभएको थियो । उहाँले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्नुहुने जनाइएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक÷एक र एक स्वतन्त्र गरी ४० प्रदेशसभा सदस्य रहेका छन् । तीमध्ये २४ प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }