बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज


  • माउन्टेन खबर
  • सोमवार, पुस १८, २०७९
  • 248
    SHARES

दाङ। लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ ।

पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गर्नु भएको थियो ।

यो अधिवेशन पछी सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }