शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश :सभामुख र उपसभामुख चयन गर्ने कार्यसूची


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ३, २०७९
  • 283
    SHARES

दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागी दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।

आज सभामुख र उपसभामुख चयनको लागी लुम्बिनी प्रदेश सभा नियमावली अनुसार प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्तावक सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरु माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

सभामुखको लागी एक जना र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएको हो । घर्तीनै लुम्बिनी प्रदेश सभाको सभामुख चयन हुने लगभग निश्चित छ ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल छन् भने, राप्रपा संसदीय दलका नेता आशिष चौधरी समर्थक बसेका छन् । उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको मनोयन दर्ता भएको छ ।

उहाँको प्रस्तावकमा माओवादी नेता तथा प्रदेश सभा सदस्य इन्द्रजीत थारु र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । यस्तै उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले मनोनयन दर्ता गराउनु भएको छ ।

पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन् । यस्तै उपसभामुखमा नागरिक उन्मुक्ती पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ । उहाँको प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }