शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौति गर्न आवश्यक छ : अर्थमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 241
    SHARES

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले पारदर्शीता,इमान्दारिता, व्यवसायिक क्षमता दक्ष्यताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुमा व्यवसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक ,राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप नहुने बताउनु भयो । उहाँले राजनीतिक हस्तक्षेप भएको देखे मन्त्रालयमा खबर गर्न आग्रह गर्दै अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आज मुलुक आर्थिक दृष्टिकोणले जहाँ आएको छ । जस्तो अवस्थामा हामी छौं । मैले भय पैदा गर्न हिसावले होइन । यतिबेला हामीले सरकारी कार्यालयले मात्रै होइन । मन्त्री वा मन्त्रालय र सरकारी कार्यालयले मात्रै होइन । सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउनु र्ने , फजुल खर्च कटाउनुपर्ने र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा छौं । बैंकको यसतर्फ ध्यान जानुपर्छ । परदर्शीता,इमान्दारिता, व्यवसायिक क्षमता दक्षताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नति हुन्छ भन्ने लाग्छ । गर्नु पर्ने अवस्थामा रहेका छौं । म आफैँ सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्नुपर्छ । व्यवसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मा दिनुपर्छ । म अर्थ मन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक ,राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप हुँदैन । राजनीतिक हस्तक्षेप भएको देख्नुभयो भने तपाईहरुलाई अग्रिम रुपमा स्वागत छ । अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउनुस् ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको बताउनु भयो । उहाँले सरकारले राजश्व परिचालन, पुँजीगत खर्च,बैंकहरुमा लगानी योग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले सरकारले माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन,उद्यमशीलता विकास गर्न,रोजगारी सिर्जना गर्न र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बैंकको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले उच्च आर्थिक वृद्धि गर्न बैंकको भुमिको सकारात्मक हुने अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले मुलुकको अर्थतन्त्रमा केही समस्याहरु रहेका छन् । केही अर्थतन्त्रमा चुनौतिहरुका चाप छ । राजश्व परिचालन सरकारको चुनौतिपूर्ण रहेको छ । पुँजीगत खर्च सन्तोषजनक रुपमा हुनसकेको छैन । बैंकहरुमा लगानी योग्य रकम तरलता सहजताको अवस्था छैन । बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नको लागि धेरै प्रयास गर्नुपर्ने छ । माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था छ । यस्ता किसिमका मुलुकको अर्थतन्त्रका समस्याहरु झेल्दै आएको विशेष परिस्थितिमा रहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन,उद्यमशीलता विकास गर्न,रोजगारी सिर्जना गर्न र आर्थिक वृद्धिको लक्ष्यका पूर्वानुमान र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट प्रक्षेपण हुँदै आएका छन् । सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध छौं । यसको लागि बैंकको भुमिकका सकारात्मक हुनेछ । यसले अहिलेका अर्थतन्त्रका चुनौति सामना गर्न सकारात्मक र रचनामत्मक भुमिका रहने अपेक्षा गर्न चाहन्छु । सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुँदैन । तर मुनाफा आर्जन गर्छ । मुनाफाको न्यायोचित सदुपयोग र वितरण गर्छ । वाणिज्य बैंको मुनाफा मात्रै राष्ट्रिय उद्देश्य होइन । यसले राष्ट्र बैंकले निर्माण गर्ने वित्तीय नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विपन्न समुदायको उत्थानका लागि स्रोत साधनलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ । बैंकले नाफामा भन्दा पनि गुणस्तरिय सेवा प्रवाहमा केन्द्रित भएर गर्नुपर्छ । यो बैंकको सेवा गुणस्तरिय,प्रतिष्पर्धी बनाउनुपर्छ ।’

मन्त्री पौडेलले अहिलेका अर्थतन्त्रको चुनौति सामना गर्न बैंकको सकारात्मक र रचनामत्मक भुमिका रहने अपेक्षा रहेको बताउनुभयो । उहाँले सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुन नहुने बताउनु भयो । उहाँले राष्ट्रिय वाणिज्य बैंको मुनाफा मात्रै राष्ट्रिय उद्देश्य नभएको भन्दै राष्ट्र बैंकले निर्माण गर्ने वित्तीय नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विपन्न समुदायको उत्थानका लागि स्रोत साधनलाई प्रभावकारी रुपमा सरिचालन वाणिज्य बैंकले गर्नुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }