आइतवार, जेष्ठ १४, २०८०

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनिष डङ्गोललाई सम्मान (तस्बिरसहित)


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ११, २०७९
  • 238
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँका अध्यक्ष मनिष डङ्गोललाई सम्मान गरेको छ ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं २६ ले पार्टीका क्रियाशिल सदस्य एवम् क्षेत्रीय प्रतिनिधी डङ्गोललाई नेविसङ्घ काठमाडौँको जिल्ला अध्यक्ष बनेकोमा आज एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले जिल्ला अध्यक्ष हुनुभएकोमा डङ्गोललाई बधाई दिँदै आगामी दिनमा नेविसङ्घको सङ्गठन विस्तारमा लाग्न आग्रह गर्नुभयो ।

“काँग्रेसको नर्सरी भनेको नेविसङ्घ हो, नेविसङ्घलाई बलियो बनाउन सकेमात्र पार्टी बलियो हुन्छ, नयाँ नेतृत्वले त्यसबारे ध्यान दिनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले नेविसङ्घलाई बलियो बनाएमात्र काँग्रेसको संगठन बलियो हुने भएकाले नेविसङ्घलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा भर्खरै उपत्यकाका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं २६ मा बसोबास गरेर नेविसङ्घबाट विजयी भएका विद्यार्थीलाई समेत सम्मान गरिएको काँग्रेस काठमाडौँ महानगरपालिका–२६ का कार्यवाहक सभापति गणेश रिजालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ