शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्कुलमा ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १५, २०७९
  • 240
    SHARES

चितवन । चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो ।

‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताउनुभयो । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताउनुभयो । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय बनाउन खोज्नु अवैज्ञानिक सिकाइ हुने भन्दै उहाँले सुगा रटाइले विद्यार्थीले सिक्न नसक्ने बताउनुभयो । विद्यार्थीमा उत्प्रेरणा जगाउनका लागि विद्यालयमा खेल्दै सिक्दै अवधारणा ल्याइएको प्रमुख भट्टले जानकारी दिनुभयो । विद्यालय बिदा हुँदा बालबालिका खुसी हुने तर स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य यो शिक्षण विधिबाट मात्रै सम्भव रहेको उहाँको भनाइ छ ।

प्रमुख भट्टले बालबालिकालाई खेलसँग जोडेर पठनपाठन गराउँदा उनीहरु शारीरिक र मानसिक दुवै रूपमा बालबालिका सक्रिय हुने गरेको बताउनुभयो । नर्सरीदेखि कक्षा १२ सम्म यो विधिमा अध्यापन सुरु गरिएको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन यही क्रियाकलापबाट हुने भन्दै यसले परीक्षामा पनि विद्यार्थी अब्बल देखिएको जनाइएको छ ।

स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले अतिरिक्त गतिविधिमा आधारित सिकाइ वास्तविक सिकाइ भएकाले यसमा विद्यार्थीको उत्साहजनक र सक्रिय सहभागिता रहेको बताउनुभयो । उहाँका अनुसार अभिभावकले पनि यस सिकाइ पद्धति प्रभावकारी देखिएको बताएका छन् ।

न्यू होराइजनमा विद्यार्थीलाई सिकाउने तरिका राम्रो लागेको अभिभावक भेषराज काफ्लेले बताउनुभयो । “पहिलाजस्तो बोलेर मात्रै सिकाउनु भन्दा देखाएर सिकाउँदा बच्चाहरुले छिटो सिकेको पाएँ । यो तरिकाले पढाउँदा अलि कमजोर बच्चाले पनि राम्रोसँग बुझ्छ”, उहाँले भन्नुभयो । हरेक विद्यायलले यसरी नै अध्ययन अध्यापन गराउनुपर्ने काफ्लेको भनाइ छ । उहाँले विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

खेल्दै पढ्दै गर्ने शैलीले आफूहरु खुसी भएको विद्यार्थी प्रकृति कडरिया बताउनुहुन्छ । “देखेर भोगेर जानेका कुराहरु धेरै पछिसम्म सम्झन सकिन्छ । सिक्ने कुरामा आफूमा पनि धेरै परिवर्तन आएको पाएकी छु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }