शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छः मुख्यमन्त्री यादव


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २१, २०७९
  • 203
    SHARES

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

मंगलवार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको हो । उहाँले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउनु भयो । उहाँले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रको जुन गठबन्धन छ, त्यही अनुसारले प्रदेशमा गठबन्धनको सरकार हुन्छ । त्यो हिसावले मैले नै भनेकि अब सहजीकरण गरिदिनुस् । अनि राजीनामा गर्नुभयो । जनमत पार्टीको विषयमा केन्द्रले केही निर्णय नभएको । केन्द्रको गठबन्धनमा त जनमत छ नि उहाँहरुले पनि विश्वासको मत दिनुभएको छ प्रधानमन्त्रीलाई । तर उहाँहरु सरकारमा त हुनुहुन्न । त्यो सन्दर्भमा अहिले प्रदेशमा बस्ने नबस्ने कुनै किसिमको सहमति भएर आएको छैन । एमालेका मन्त्रीहरुले राजीनामा दिएपनि उहाँहरुको विश्वासको मत मसँग रहिरहन्छ । नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा पनि सरकारमा आउँछ । पछिसम्म मेरै नेतृत्व रहन्छ ।’

एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले सहज बनाइदिएका हौँ । देशको राजनीतिक परिस्थिति बदलिएपछि बदलिएको परिस्थितिमा राजनीतिको मूल्य, मान्यताको पनि अर्थ हुन्छ । एकखालको समिकरण बनिसकेपछि केन्द्रमा, प्रदेशमा, स्वभाविक रुपमा त्यसको बदलाव आवश्यक भइसकेपछि हामीले सहज बनाइदिएका हौँ । राजनीतिक समिकरण बदलिएपछि समग्रतामा यो परिस्थिति निर्माण भएको हो ।’

नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }