आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २२, २०७९
  • 296
    SHARES

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् भने गीतमा बसन्तकै शब्द रहेको छ ।

सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा नृत्य गर्दै देखिएका छन् । आशिर्वादले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।

आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

चलचित्रमा आशिर्वाद र आँचलसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी र अथर्व उप्रेतीलगायतको अभिनय रहेको छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् ।

‘नाईं नभन्नू ल’का अघिल्ला पाँचवटै श्रृंखला बक्स अफिसमा सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)