आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २२, २०७९
  • 353
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को टिजर सार्वजनिक भएको छ ।

निर्देशक सुकुमारद्वारा निर्देशित यस फिल्मको सार्वजनिक टिजरमा ‘पुष्पा’लाई तिरुपति जेलबाट फरार देखाइएको छ । जसको खोजीमा प्रहरी जुटेको छ र शहरमा दंगाजस्तो अवस्था सिर्जना भएको छ ।

सार्वजनिक टिजरमा निर्माण टिमले यो यात्रा अझै अन्त्य नहुने स्पष्ट पारेका छन् । फिल्मको दोस्रो टिजर केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । फिल्मकी अभिनेत्री रश्मिका मन्डन्नाको जन्मदिनको अवसर पारेर निर्माताले पहिलो टिजर सार्वजनिक गरेका हुन् । त्यस्तै, फिलमको दोस्रो टिजर अल्लुको जन्मदिनमा सार्वजनिक गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘पुष्पा २’ सन् २०२३ मा रिलिज हुने बताइएको छ । फिल्मको बजेट करिब ४ सय ५० करोड भारतीय रुपैयाँ रहेको छ । ‘पुष्पा द राइज’ डिसेम्बर २०२१ मा रिलिज भएको थियो। जुन बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले विश्वभर ३ सय ५० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो ।

यस फिल्ममा अल्लु अर्जुन रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा देखिने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)