आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्राइडे रिलिज : आजबाट हलमा सुरक्षाको ‘बहाव’


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २४, २०७९
  • 254
    SHARES

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रवार भएकाले ‘बहाव’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली फिल्म समेत बनेको छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेको यो फिल्मसंगै आजदेखि ‘प्रसाद–२’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, केह दिनअघि उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ‘बहाव’ मात्र सिनेमा हलमा आएको हो ।

अभिनेत्री सुरक्षा पन्त तथा अभिनेता कमलमणि नेपालले छोरी र बुवाको भूमिका निर्वाह गरेको फिल्म हो बहाव, जसलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाले निर्माण गरेका हुन् ।

यो फिल्म जिज्ञासा, विचार अनि यथार्थको कथामा आधारित छ, जसमा नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको छ ।

फिल्ममा अभिनेत्री पन्तको रुपमा फिल्ममा जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा चलचित्रमा देखाइएको छ ।

फोटो पत्रकार श्रीधर पौडेल यो फिल्मका निर्माता हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । निर्माता पौडेलका अनुसार आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’ मा रहेको बताएका छन् ।

बहावमा सुरक्षा पन्त तथा कमलमणि नेपालसहित अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यो चलचित्रमा सज्जा चौलागाईंंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन रहेको छ ।

यो फिल्ममा चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फष्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोष्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)