आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सलमान खानलाई मार्ने धम्की दिने १६ वर्षीय किशोर पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २८, २०७९
  • 239
    SHARES

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा फोन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । मुम्बई प्रहरीले यसबारे जानकारी दिएको हो । धम्की दिने व्यक्ति १६ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शाहपुरबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मुम्बई ल्याएको छ ।

मुम्बई पुलिसलाई सोमबार एक व्यक्तिको फोनमा अभिनेता सलमानलाई मार्ने धम्की आएको थियो । प्रहरीले आरोपीले आफ्नो नाम रकी भाइ रहेको बताएको थियो । फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने बताएका थिए ।

यसअघि पनि सलमानलाई यसप्रकारको धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी धाकडरामलाई पक्राउ गरिएको छ । उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । यसमा लेखिएको थियो कि ‘सलमान खान अब तिम्रो पालो छ । तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिनेछौ । जोधपुर आउ ।’

यसैबीच सलमान खानले नयाँ बुलेट प्रुफ कार किनेका छन् । यो निसान पेट्रोल एसयूभी हो । उनले उक्त कार विदेशबाट आयात गरेका हुन् । हालसम्म यो गाडी भारतीय बजारमा आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)