आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ३०, २०७९
  • 311
    SHARES

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए । उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिवद्धता जनाए ।

उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । उनले २०७९ मा १० वटा चलचित्रहरुले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताए ।

अध्यक्ष खड्काले वर्ष २०७९ मा २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)