शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वास मत


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १५, २०८०
  • 198
    SHARES

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । जसअनुरुप उहाँले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

प्रदेशसभाका ३९ सदस्यमध्ये २९ जनाले उहाँलाई विश्वासका मत दिएका थिए । मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा(एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए ।

नेकपा (एमाले)का नौ र राप्रपाका एक गरी १० सदस्यले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए । राष्ट्रिय राजनीति बदलिएसँगै सङ्घ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक सभाबाट उहाँले विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }