शनिबार, बैशाख २२, २०८१

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 33
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री बनेको १६ दिनपछि कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज आपराह्न ३ बजेका लागि आह्वानस गरिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।

विश्वासको मत लिनुअघि मुख्यमन्त्री कँडेलले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाउनुभएको थियो ।
सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने छ ।

यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्रीको भने टुंगो लाग्न बाँकी छ । माओवादी केन्द्रले हिजो रणसिंह परियारलाई सरकारमा पठाएको थियो । मुख्यमन्त्री कँडेलले उहाँलाई विनाविभागीय मन्त्री बनाउनुभएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेको १० र एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १४, राप्रपाका १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }