आइतवार, जेष्ठ १४, २०८०

मुम्बईमा”दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३”द्वारा दुई नेपाली सिनेकर्मी सम्मानित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ८, २०८०
  • 81
    SHARES

नेपाली फिल्म निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३’ प्रदान गरिएको छ । आइतबार बेलुका मुम्बईमा आयोजित समारोहमा उनीहरुले अवार्ड ग्रहण गरे ।

नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको लामो योगदानको कदर गर्दै उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्के फाउण्डेसनले अवार्ड प्रदान गरेको हो ।

‘स्वर्ग मैले सुनेको मात्रै छु । देखेको छैन । स्वर्ग त्यही हो जुन मेरो देश नेपाल हो । त्यसपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्छु, जहाँ मैले काम सिक्ने मौका पाएँ,’ अवार्ड ग्रहण गर्दै निर्देशक अधिकारीले भने । सन् २०२२ मा अवार्ड दिने भनिए पनि कोभिडको कारण प्रभावित बनेपछि बल्ल अहिले प्रदान गरिएको हो ।

उक्त अवसरमा भारतीय फिल्म निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान प्रदान गरियो ।

May be an image of 3 people and text

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ