बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गौतमबुद्ध विमानस्थलबाट लक्ष्यको १० प्रतिशत मात्र भन्सार असुली


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १०, २०८०
  • 79
    SHARES

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।

भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले यस अवधिमा मात्र ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो चैतसम्मको लक्ष्यको तुलनामा मात्र १० प्रतिशत प्राप्ति हो ।

 

नेपालमा अहिले दुई विमानस्थल ९त्रिभुवन र गौतमबुद्ध०सहित कुल ३३ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । सोहीकारण भन्सार राजस्व संकलन समेत यी नाकाबाट हुने गर्छ । चैतसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य भन्सार विभागले राखेको थियो । यस अवधिमा संकलन २ खर्ब ८५ अर्ब मात्र भएको छ । यो लक्ष्यको ५८ प्रतिशत मात्र हो ।

यसै वर्ष सञ्चालनमा आएको अर्को नयाँ भन्सार विन्दु चोभार सुख्खा बन्दरगाहबाट भने लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट चैतसम्म ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ राजस्ज संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलन भने १४ करोड २६ लाख ८८ हजार रुपैयाँ भएको छ । यो प्राप्ति लक्ष्यको १६० प्रतिशत हो ।

त्रिभुवन विमानस्थलबाट भने सरकारले लक्ष्यको ५८ प्रतिशत मात्र भन्सार असुली भएको छ । यो विन्दुबाट चैतसम्म २२ अर्ब ५० करोड रुपैयाँ भन्सार असुलीको लक्ष्य रहेकोमा प्राप्ति भने १३ अर्ब १९ करोड रुपैयाँ मात्र भएको छ । सबैभन्दा धेरै राजस्व भने वीरगञ्ज भन्सारबाट उठेको छ । यो भन्सारले चैतसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेकोमा संकलन १ खर्ब १५ अर्ब रुपैयाँ बराबर गरेको छ । यो लक्ष्यको ६० प्रतिशत हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }