शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चोरी घटनामा संलग्न २७ जना सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • 130
    SHARES

काठमाडौँ । धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरू बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरूलाई पक्राउ गर्ने कार्यलाई तीब्रता दिएको छ । धनुषा प्रहरीले सादा पोसाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा ठूलठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरी लगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार चोरीमा पक्राउ भए पनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ । जसमा ४ सय जनालाई पक्राउ गरिएको बताए । पक्राउ गरिएका मध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको बताए ।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ । त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा जनकपुरधाम १२ का बलिराम मण्डल, सुनिल मुखिया, जनकपुरधाम १६ का सुशिल पञ्जियार, जनकपुरधाम २ का मुकेश साह, जनकपुरधाम ३ का दिवेन्द्र मण्डल, जनकपुरधाम १४ का रितेश गुप्ता, जनकपुरधाम १६ का रञ्जित दास, जनकपुरधाम १० का नविनकुमार यादव, जनकपुरधाम ४ का सोनुकुमार सहनी, जनकपुरधाम ८ का राजकुमार यादव, जनकपुरधाम १७ का संजिव राम, क्षिरेश्वरनाथ ५का ईन्दल राम, जनकपुरधाम १४ का नारायण साह, जनकपुरधाम १७ का साजन मुखिया, जनकपुरधाम ६ का सलमान मंसुर, जनकपुरधाम ७ का ऐलुन खान, महोत्तरी ६ का गुड्ड महतो, रामप्रवेश महतो, जनकपुरधाम २ का मुकेश गुप्ता लगायतका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }