शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मल्टिपल स्क्लेरोसिस रोग के हो ? यसको उपचार कसरी गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १६, २०८०
  • 104
    SHARES

–डा राजु पौडेल

काठमाडौँ । नेपाल सहित विश्वभर मे ३० अर्थात् आज ‘विश्व मल्टिपल स्क्लेरोसिस डे’ मनाउन लागिएको छ ।

मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई जसलाई हामी डिमाईनेशन भन्छौँ ।

ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई यसले असर गर्ने भएको कारणले अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ ।

यो रोगको कारण यो नै भनिएको छैन । शरिरमा बनेको एण्टिवडी निक्रिय हुन्छ र माइलेनसिथहरु रुखको बोक्रा उकिएझैँ उकिन्छ त्यसकारण मानिसलाई अचानक हातखुटा लुलो हुने, बोलि लरबरिने हुन्छ ।

झण्डैझण्डै हामीले पक्षघातको जस्तो लक्षण देख्छौँ । पक्षघात हामी बुढो उमेर समूहका ६०÷७० वर्ष उमेर समूहलाई देख्छौँ भने मल्टिपल स्क्लेरोसिस २०÷३० वर्षको युवामा समेत देख्न सक्छौँ । ५÷१० वर्ष उमेर समूहका बच्चामा समेत मल्टिपल स्क्लेरोसिस देख्न सकिन्छ ।

धेरैजसो युवा उमेरका मानिसमा देखिने भएकाले यसमा सचेतता अपनाउनु जरुरी छ । विरामी सुरुमै पहिचान भयोभने यसको उपचार सम्भव छ ।

मल्टिपल स्क्लेरोसिस कुनैपनि बच्चा वा युवामा हात लुलो भयो वा हात झमझम भयो, मुख बांगो भयो, आँखाको ज्योती अचानक कमजोर भयो, हेर्दाखेरी लरबराउने भयो, हातखुटा लुरो भयो, स्पाइनल कर्डलाई असर गरेको छ भने दिसापिसावमा रोकावट आउन सक्छ ।

माथि उल्लेखित लक्षहरु भएमा तुरुन्त नजिकको अस्पताल गएर डाईनोसिस गर्ने वा उपचार गर्नु आवश्यक हुन्छ ।

उपचार विधि

शरिरको रोग प्रतिरोधात्मक शक्ति कम गराउने औषधीको प्रयोग गछौँ । जसलाई पल्स थेरापीसमेत भन्ने गछौँ । लामो समयसम्म यसको उपचार निरन्तर गर्नुपर्ने हुन्छ ।

घरीघरी बारम्बार आइरहेको छ र कडा रुपको छ भने हामीले मनोकोलर एन्टिवडीहरु प्रयोग गर्ने गरेका छौँ । यस्तै, इन्जेक्सन दिन सकिन्छ । हप्तैपिच्छे दिने र ६÷६ महिनामा इन्जेक्सन दिन सकिन्छ । यो सँगै देखिएका लक्षणको सोहीअनुसार उपचार गर्न सकिन्छ ।

आजको दिनमा मल्टिपल स्क्लेरोसिसको बारेमा सबैले पहिचान गरौँ र समयमै उपचार गर्न सके यो रोगको उपचार सम्भव छ ।

यो रोगको उपचारका लागि औषधीको समयसमयमा अभाव हुने र महगों पर्ने हुँदा सरकारले यस किसिमका रोगका लागि विशेष व्यवस्था गर्नुपर्छ ।

(वरिष्ठ न्यूरोलोजिष्ट डा पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको न्यूरोलोजि विभाग प्रमुखसमेत हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }