
“आफ्नो देश चाहिन्छ” गीत बजारमा
आफ्नो देश चाहिन्छ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्ञानेद्र गदालका देशप्रेमी शब्दहरूलाई लोकप्रिय संगीतकार शम्भुजीत बाँस्कोटाको जादुमाय संगीतले बेरेका छन् । उक्त संगीतलाई दिक्षित पौडेलले सँयोजन गरेकाहुन् ।
कर्णप्रिय स्वरका धनी शिव परियारले यो गीतलाई प्राण प्रतिष्ठा गरिदिएका हुन् भने मिक्सिङ र मास्टरिङ्ग सुजन शाहले गरेका हुन् ।
नारायण जिसिको सिनेमोटोग्राफी रहेको यो गीतमा सागर ज्ञवालीको निर्देशनमा कलाकार यमुना पाण्डेको मोडलिङ्ग रहेको छ भने अमृत चापागाँईले एडिटिङ्ग् गरेका हुन् ।