आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘ऐंचो पैँचो’ को ट्रेलर हेरेपछि प्रेम आलेले भने – म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ


  • माउन्टेन खबर
  • सोमवार, साउन २९, २०८०
  • 142
    SHARES

काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ ।

कृषा चौलागाईंद्वारा निर्देशित यो चलचित्रको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताउनुभयो । उहाँले आफू पनि चलचित्रमा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताउनुभयो ।

चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)