आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जुलेबीका कलाकार भन्छन् : सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ


  • माउन्टेन खबर
  • शनिबार, भदौ २, २०८०
  • 298
    SHARES

काठमाडौं । नेपाली चलचित्र जुलेबीको प्रिमियर शो भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताउनु भयो । उहाँले गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने बताउनु भयो ।

उहाँले चलचित्रमा न्युड सिन दिँदा केही डर लागेपनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि बेस्ट दिएको र अझै आगामी दिनमा बेस्ट दिँदै जाने बताउनु भयो । उहाँले अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताउनु भयो । उहाँले धेरै बजेट पाउने आशामा आफूले काम नगरेको बताउनु भयो ।

चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ । एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)