आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र गदर–२ ले ८ दिनमा ३०५ करोड भन्दा धेरैको व्यापार गर्यो


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३, २०८०
  • 452
    SHARES

बलिउड चलचित्र गदर–२ ले ८ दिनमा ३०५ करोड भन्दा धेरैको व्यापार गरेको छ । बक्स अफिसको आँकडा अनुसार अघिल्लो शुक्रबार रिलिज भएको चलचित्रले यो दिनसम्म ३०० करोडको मुस्किल सीमालाई सजिलैसँग कटाएको हो । शुक्रबारदेखि यसको आम्दानी थप बढ्न लागेको छ ।

सन्नी देवलको मुख्य भूमिका रहेको गदर यसअघि सन् २००१ मा रिलिन भएको थियो । हिस्दुस्तान र पाकिस्तानबीचको द्वन्द्वबीचको प्रेमलाई देखाइएको उक्त चलचित्रले त्यसबेला बक्स अफिसको सबैजसो रेकर्ड तोडेको थियो । अहिले गदर–२ ले त्यस्तै अवस्था आउने संकेत देखाएको निर्देशक अनिल शर्माले बताए ।

पहिलो हप्ता गदर–२ ले २८४.५ करोड व्यापार गरेको थियो । दोस्रो शुक्रबार २०.५ करोड गरेको हो । योसँगै दोस्रो शुक्रबार सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत यही बनेको छ । यसअघि बाहुबली २ ले १९.७५ करोड, द कस्मिर फाइल्सले १९.१५ करोड र दंगलले १८.२६ करोडको व्यापार गरेका थिए ।

हालसम्म ३०० करोड भन्दा बढी कमाइ भएका चलचित्रहरु भने धेरै छन् । यसअघि पठानले ५४३ करोड, दंगलले ४८६ करोड, सञ्जुले ३४२ करोड, पीकेले ३४० करोड, टाइगर जिन्दा हैले ३३९ करोड ट। बजरंगी भाइजान ३२० करोड, युद्धले ३१८ करोड, गदर–२ ले ३०३ करोड, पद्मावतले ३०२ करोड र सुल्तानले ३०० करोड रुपैयाँको कमाइ गरेका थिए । अहिलेसम्मको व्यापारले गदर–२ सर्वाधिक कमाइ गर्ने फिल्मको ८ औं नम्बरमा आइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)