
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्।
सोमबार बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो।
थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । यसअघि थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थिती रहने भएपछि आज विश्वासको मत लिने सम्भावना कम रहेको बताएका थिए ।
कांग्रेस सांसद ईस्राईल मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गर्ने भएका छन् । उपसभामुख दनुवारले बैठकको आफ्नो अनुपस्थिति रहने भएपछि मन्सुरीलाई अध्यक्षता गर्न पत्र लेखेकी थिईन् ।