आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने


  • माउन्टेन खबर
  • सोमवार, भदौ ४, २०८०
  • 154
    SHARES

काठमाडौं । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ । सोमबार काठमडौंमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो ।

सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रश्तुत गर्नुहुने की अध्यक्ष रिता थापा मगरले बताउनुभयो ।

उहाँले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गर्नुभएको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने बताउनुभयो । कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लागेका दर्शक, एवं श्रोताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाउनुभएका उत्कृष्ट गीतहरु प्रश्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)