
“किन चाहियो पोइ” गीत सार्वजनिक
“किन चाहियो पोइ” गीत सार्वजनिक भएको छ । लोकप्रिय गीतकार अग्नी पराजुलीको शब्द र सङ्गीत रहेको यो गीतमा इन्द्रेणी दोहोरिका गायक द्वय क्षेत्रशाही र काजल शाहीको युगल जोडीको मिठो स्वर रहेको छ ।
एरेन्जर विशाल निरौला हुन भने गीतको रेकर्डिङ्ग राजन राइले गरेका हुन् । भिडियोमा बिना राउत, सरोज राणा ,चन्खे लामा भाइ, क्षेत्र शाही र काजल शाही देव दोर्जे लामाको निर्देशनमा छम-छामी नाचेका छन् भने न्रित्य निर्देशन् र एडिटिङ् पनि देव दोर्जे लामाकै रहेको छ ।