आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्छः नेता थापा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 142
    SHARES

काठमाडौं। नेपाली काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावदीमा जानबाट रोक्न सकिने बताउनुभएको छ ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी सरकार गठन समस्याको रुपमा रहेको बताउनु भयो । उहाँले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताउनु भयो । उहाँलै कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताउनु भयो । उहाँले काँग्रेसले मध्यावदीमा जान नचाहेको भन्दै मध्यावदीमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी सरकार गठन समस्याको रुपमा छ । कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ । भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदैछ । विकास निर्माण ठप्प छन् । केन्द्रिय नेताको सहमति र निर्णयबाट विशेष ढंगले सोच्नुपर्छ । हामीले चाह्यौँ भने मध्यावदीमा जान र मध्यावदीबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावदी होइन । त्यहाँको समस्या समाधान मध्यावदीमा गएर हुने होइन ।’

काँग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताउनु भयो । उहाँले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताउनु भयो ।

उहाँले भन्नुभयोे, ‘सबै प्रदेशका सभापतिज्युले हाम्रो एउटा समान दृष्टिकोण बनाएर हामीले प्रश्ताव पेस गरेका छौँ । खासगरी प्रदेशलाई बलियो बनाउनु पर्छ, प्रदेश कमजोर भए संघीयता कमजोर हुन्छ । संविधान कार्यान्वयनमा समस्या हुनसक्छ । आज नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएको छ । प्रदेश कार्यान्वयनमा आएको छ, तर अधिकार बिहीन छ । प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार छैन । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका छौँ ।’

नेता थापाले नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएपनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताउनु भयो । । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }