
काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा भक्तपुरबाट पक्राउ गरेको हो । उनी हाल प्रहरी हिरासतमा छन् ।
उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभिनेता केसीविरुद्ध फिल्म रावायणमा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।