आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेता अनमोल केसी पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १२, २०८०
  • 222
    SHARES

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा भक्तपुरबाट पक्राउ गरेको हो । उनी हाल प्रहरी हिरासतमा छन् ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभिनेता केसीविरुद्ध फिल्म रावायणमा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)