
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।
गृह मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत चिकित्सक र सरकार बीच ६ बुँदे सहमति भएको छ ।
सहमति पछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको छ ।
दुई पक्षबीचको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।