बुधबार, बैशाख २६, २०८१

प्युठानको साङ्गितिक वृत्तचित्र सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १०, २०८०
  • 180
    SHARES

प्युठानको साङ्गितिक वृत्तचित्र सार्वजनिक गरिएको छ ।  प्यूठान जिल्लाका विभिन्न स्थानमा रहेका पुरातात्त्विक तथा ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र शनिबार नौबहिनी गाउँपालिकाको बाहानेमा समेत प्रदर्शन गरिएको छ ।

शनिबार गौमुखी गाउँपालिकाको ठुलाबेसी, झिमरुक गाउँपालिकाको मच्छी, नौबहिनी गाउँपालिकाको लुङ्ग, बाहाने, प्युठान नगरपालिकाको पुण्यखोला, मल्लरानी गाउँपालिकाको खलङ्गामा समेत प्रदर्शन भएको छ । त्यस्तै आज आइतबार ऐरावतीको बरौला, माण्डवीको नयाँगाउँ, स्वर्गद्वारी, सरुमारानिको बडडाँडा, दर्भान लगायतका स्थानहरूमा प्रदर्शन हुनेछन् ।

प्युठानको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी झरना, मन्दिर एवं कोठिभिर, झिमरुक नदी, ऐरावती, बाङ्गेसाल, दर्भान लगायत प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको वृत्तचित्र जिल्लाका विभिन्न स्थानहरुमा शनिबार देखि प्रदर्शन गर्न थालिएको छ ।

तीन वर्ष लगाएर तयार पारेको वृत्तचित्र परिकल्पनाकार, लेखक एवं निर्देशन डा. राजन विनाएक पासा हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेको पासाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासा प्युठानको बाङ्गेसालमा जन्मिएका हुन् ।

उक्त वृत्तचित्रबाट धार्मिक एवम् पर्यटकीय स्थल गौमुखीको काखबाट सुरु भएको उक्त सांगीतिक वृतचित्रमा नौबहिनी झरना, लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट-नदी, प्यूठान नगरपालिकाका सुन्दर बस्ती, मल्लरानीका विभिन्न सम्पदा, प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, माण्डवी, ऐरावती र सरुमारानीका विभिन्न प्राकृतिक सम्पदा सङ्गै मनोरम दृश्यालाप गर्न सकिन्छ ।

‘जिल्लैभरि सँगसँगै रम्दै घुमौला’ स्लोगनका साथ तयार पारिएको साङ्गितिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने जिल्लाभित्रका अन्य कलाकार र स्थानीयबासीहरुको समेत झलक उक्त वृत्तचित्रमा देख्न सकिन्छ । गीतमा स्वर राजन पासा र तृप्ती खड्का गुरुङले भरेका छन् ।

उक्त सांगीतिक वृत्तचित्र आउँदो कार्तिक १० गते राजन पासाकै युट्युब च्यानमार्फत् सार्वजनिक गरिने पासाले जनाएका छन् ।

यस अघि उक्त वृत्तचित्र प्रतिनिधि सभा सदस्य सुर्य थापाको प्रमुख आतिथ्यतामा काठमाडौको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शनी गरिएको थियो ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोला:

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }