आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्माण टिमको घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ३०, २०८०
  • 241
    SHARES

काठमाडौं। फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले  विदेशी फिल्म भन्दा कम शो दिएकोमा आपत्ति जनाउँदै यस्तो घोषणा गरेका हुन् ।

‘हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।’ उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

विगतदेखि नै असमान व्यवहार भैरहेको र यसपटक आफूहरुले प्रतिवाद गरेको उनीहरुले बताएका छन् ।

‘विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो। प्रतिवाद गर्ने निर्णय गरेका छौं। ‘विज्ञप्तिमा भनिएको छ,’हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरूलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)