आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २१, २०८०
  • 145
    SHARES

काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो ।

कलाकारसँगै पटकथा लेखकसमेत रहनुभएका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ । अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ ।”

यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लाग्नुभएका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराउनुभयो । “म धेरै चलचित्र हेर्छु । विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ”, निर्देशक पाण्डेले भन्नुभयो, “यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नुहुनेछ । यसको हिरो नै कलाकार नभई कथा हो ।”

अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताउनुभयो । “यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ । निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन”, अभिनेता त्रिपाठीले भन्नुभयो ।

अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताउनुभयो । “मैले कथा पढ्दा नै अगाडि के होला रु भन्ने जिज्ञासा हुन्थ्यो । आफ्नो भूमिकामार्फत अभिनय क्षमता देखाउने प्रशस्तै अवसर छ । यसले मेरो करिअरमा नयाँ आयाम थप्नेमा विश्वस्त छु”, अभिनेत्री श्रेष्ठले भन्नुभयो ।

यसै चलचित्रमार्फत अभिनय यात्राको प्रारम्भ गर्न लाग्नुभएका अभिनेता सागर खनालले चलचित्रसम्बन्धी अध्ययनका क्रममा सिकेका विषय अभिनयमार्फत पर्दामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रकै विद्यार्थी भएकाले यो अवसरलाई पूर्णरूपमा सदुपयोग गर्ने छु । हामीजस्ता नयाँलाई काम देखाउने अवसर दिनुभएकामा कृतज्ञ छु । चलचित्रकर्मीले पुरानासँगै नयाँलाई अवसर दिएमा मात्र नयाँ प्रतिभा भित्रिने छन् ।”

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा प्रद्युम्न मिश्रले छायाँकन, पासाङदावा शेर्पाले सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यले सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन, देव महर्जनले द्वन्द्व निर्देशन र सुवासराज काफ्लेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नुहुनेछ । यसको छायाँकन तालिका ३५ दिन राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)