आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : अध्यक्ष मगर


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २३, २०८०
  • 173
    SHARES

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गर्नुभएको छ ।

मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने गरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई अध्यक्ष मगरले आग्रह गर्नुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवद्र्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गर्नुभयो ।

जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवद्र्धन गर्न सिकाउने माध्याम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको अध्यक्ष मगरले भनाई थियो ।

अध्यक्ष मगरले सबै अधिकारहरु मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)