आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको सन एन्टोनियोबाट ” कति रमाइलो” सार्वजनिक


  • प्राण पुन मगर
  • शुक्रबार, मंसिर २९, २०८०
  • 957
    SHARES

अमेरिकाको सन एन्टोनियोबाट ” कति रमाइलो” सार्वजनिक

अमेरिकाको सन एन्टोनियो बाट “कति रमाइलो” बोलको गीत सार्वजनिक भएको छ । नेपालका कुना कुनाबाट युवाहरू बिदेशिएर सँसारको कुना कुना सम्म फैलिएसगै कला साहित्य पनि परदेशमा मौलाउँदै गएको छ । रुकुमबाट अमेरिका आएर बसेका किरण मगरको मन भित्र सुटुक्का लुकेर आएको कला साहित्य अन्तत परदेशी भूमि अमेरिकाबाट “कति रमाइलो” बोलको गीतका मिठा शब्दहरूका रुपमा प्रष्फुटन भएको छ ।

यी मिठा शब्दहरूलाई निर्मल के सि को सङ्गीतले बेरेको छ भने निर्मल के सि र जानुका तमाङगको जादुमाय स्वर द्वारा शँकरा डिजिटल स्टुडियोमा गीतमा प्राण प्रतिष्ठा गरिएको छ । जस्को रेकर्डिस्ट सागर पुन हुन् भने मिक्सिङ्ग र मास्टरिङ्गग कुमार सानु पुनको रहेको छ ।

बिजय बुढामगरको न्रित्य निर्देशानमा बिजय पुन, रितु तमाङग र रमेश मगर ” बैकुण्ठे”ले गरेको न्रित्यलाई अजय रेग्मीले आफ्नो क्यामरामा कैद गरेका हुन् । समस्त भिडियोको निर्देशक राजकुमार मगर हुन् भने निर्माता स्वयम गीत्कार किरण मगर हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)