आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ बर्ष तिमीलाई मेरो अनुरोध (कविता )


  • प्रेम गुरागाईं,लस एन्जलस, क्यालिफोर्निया
  • बुधबार, पुस १८, २०८०
  • 120
    SHARES

नयाँ बर्ष तिमीलाई मेरो अनुरोध

नयाँ बर्ष
तिमी घर घरमा
उत्शाह लिएर आउ
दाजु, भाई, दिदी, बहिनीमा
मिलन लिएर आउ
आउ नयाँ बर्ष तिमी,
सकारात्मक विचार लिएर आउ
खुट्टा तान्ने सबैलाई
सद्बुद्धी दिदैं आउ ।

पोहोर साल
“अब म सप्रिन्छु” भनेर
वाचा बिर्सेंकाहरूलाई
फेरी झक्झक्याउदै आउ
आफ्नो घरभित्रको फोहोर लुकाई
बाहिर हिलो छ्याप्नेलाई
सम्झाउन आउ
“सबैको भलो होस्” भन्दै
अझै ठुलो संख्यामा
हातेमालो गर्दै आउ
आउ नयां बर्ष तिमी
सबैको उद्धार गर्न आउ ।

निर्धा, निमुखा, बेसहारालाई
आशा दिन आउ
जीवनको लक्ष्य बिर्सी
गलत बाटोमा लागेकालाई
सम्झाउन आउ
तिमी आउँदा
कस्तो उल्लास सर्बत्र ब्याप्त छ
अब फेरी सबै सामु
सुनौलो बिहानीको शंख फुक्दै आउ ।

~प्रेम गुरागाईं
लस एन्जलस, क्यालिफोर्निया ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }