रसुवा-जिल्लाको नौकुण्ड गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्बु स्याङ्बो घलेको अध्यक्षत्तामा कार्यक्रम प्रारम्भ भएको हो। हाल बढिरहेको लागू औषध सम्बन्धी स्थानीय नागरिक र युवाहरूलाई सचेतना कार्यक्रम पनि संचालन भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले नागरिकता सम्बन्धी स्थानीय नागरिकले भोक्नुपर्ने समस्या र अन्य बिषयबस्तुमा स्पष्ट पार्नुभएको थियो।
त्यसैगरी जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले पनि लागू औषध सम्बन्धी सजाय र त्यसले मानव जीवनमा पर्ने समास्याहरुको बारेमा स्पष्ट पार्नुभएको थियो।
कार्यक्रममा स्थानीय सरकार र सबै सरकारी संयन्त्रको समन्वयमा मात्र नागरिकलाई सेवा प्रवाह र कार्यसम्पादनमा सहज हुने नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेले बताउनुभयो।
प्रतिक्रिया
सम्बन्धित समाचार