शनिबार, बैशाख २२, २०८१

वडा भएपनि नगरपालिका भन्दा ठुलो वडा भएकाले सबैको चित्त बुझाएर काम गर्न चुनौतिपुर्ण छ : पुष्पराज बस्नेत


  • माउन्टेन खबर
  • सोमवार, पुस २३, २०८०
  • 113
    SHARES

मुलुमभरमै सबै भन्दा बढी जनसंख्या बृद्धीदर भएको नगरपालिका हो, सुुर्यविनायक । त्यसमा पनि सबै भन्दा द्रुुत गतीले जनसंख्या थपिने स्थानमा रुपमा वडा नं.आठ (साविक सिपाडोल गाविस) रहेको छ । २०७८ सालको जनसंख्या अनुसार सो वडाको जनसंख्या बृद्धी १३ प्रतिशत भन्दा बढी छ । यहि वडामा अवस्थित सुुर्यविनायक गंणेश मन्दीरका नामबाट नगरपालिकाको नामाकरण भएको छ भने प्रसिद्ध केदार नाथको शिर डोलेश्वर महादेवको मन्दीर पनि यसै वडामा पर्छ । आशापुरी महादेवको मन्दीर पनि यस वडाको अर्को प्रख्यात धार्मिकस्थल हो । धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको यो वडाको वडाध्यक्षको जिम्मेवारीमा ३५ वर्षीय युवा पुुष्पराज बस्नेत रहनुभएको छ । सुुर्यविनायक नगरपालिकाकै सबै भन्दा ठुलो वडा वडा नं. ८ जुन भक्तपुुर नगरपालिका भन्दा झण्डै तीन वर्ग किलोमिटर ठुलो छ । सो वडाका वडाध्यक्ष पुष्पराज बस्नेतसंग वडामा भइरहेका बिकास निर्माण लगायतका विषयवस्तुका बारेमा गरिएको कुराकानी स्

 डेढ वर्ष भयो वडाध्यक्षको जिम्मेवारी पाउनु भएको, अहिले सम्मको कार्यकाल कस्तो रह्यो त ?

हामी २०७९ जेठ पहिलो सातामा पदबहाली भएर आएका हौँ। त्यो वर्ष चुनावी वर्ष जस्तै भयो । मंसिरमा प्रदेश र संघीय चुनाव हुंदा राजनीतिक माहौल र त्यो बेलाको एजेण्डाले गर्दा गत वर्ष राजनीतिक रुपमा बेग्लै परिस्थिती थियो । २०८० सालमा संघ र प्रदेशको चुनावपछि राजनीतिक माहौल फरक ढंगले अघि बढदै गयो । वडाध्यक्षको रुपमा मैले कुरा राख्दा हामीले ०७९ सालमा क्रमिक रुपमा आएका बजेट र बहुवर्षिय बजेट छन्, संघ र प्रदेशको अथवा हामी भन्दा माथिल्लो निकायको बजेट कार्यान्वयन पुरा ग¥यौं र निर्वाचित भएर असारमा नगरसभा मार्फत विभिन्न पूर्वाधार विकास, शैक्षिक गतिविधि, शिक्षा, स्वास्थ्यलगायतका लक्षित वर्गका बजेटमा रहेर हामीले काम ग¥यौं । अहिले हामी यो पौषसम्ममा आर्थिक वर्ष २०८०/०८१ का लागि नगरसभाबाट विनियोजित बजेट, कार्यपालिकाबाट थपिएका बजेट र संघ तथा प्रदेशबाट आएका बजेटका आधारमा हामी काम गरिरहेका छौं । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पूर्वाधार विकासको जुन खाका कोर्नु भएको थियो, त्यो खाकालाई पूर्णता दिने काम हामीले पूर्वाधार विकासको रुपमा अघि बढाईरहेका छौं । अहिलेको हाम्रो एजेण्डा भनेको पूर्वाधार विकास सगसगै जनतासग प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधन र वडाको दैनिक प्रशासनिक गतिविधिमा सर्वसाधारणको पहुँच बढाउने रहेको छ । यहाँ धार्मिक पर्यटनको अथाहा सम्भावना रहेको छ । पर्यटकीय हिसाबले वडाको माथिल्लो बेल्ट पर्यटकीय दृष्टिकोणले अगाडी बढिरहेको छ भने, श्री केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरीश्वर महादेव र सूर्यविनायक गणेश मन्दिर जस्ता धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अघि बढिरहेका छन् । थुुप्रै क्षेत्रहरु सम्भावना बोकेको यो क्षेत्रको विकासको लागि हामीले योजना बनाएर पूर्वाधार विकासदेखि प्रचार–प्रसारको काम पनि अघि बढाएका छौ ।

 वडावासीको मुख्य माग के कस्ता आउछन्, बुदागत रुपमा बताइदिनुस् ?

जनताको बढी माग भौतिक पूर्वाधारकै हुन्छ । सडक, बिजुली, खानेपानी नै मुख्य माग हुन् । हामी कहाँ व्यक्तिगत, सामाजिकदेखि टोल सुधार समितिसम्मले बिकास निर्माणका माग लिएर आउनु हुन्छ । हाम्रो श्रोतसाधनले भ्याउने कुरा र निश्चित रकम सदुपयोग हुन्छ भन्ने हिसाबले बजेट विनियोजित गर्दै आएका छौं ।

यो वडा एउटा भौगोलिक दृष्ट्रिकोणले पनि ठूलो भूगोल भएको क्षेत्र हो । स्रोत सिमित भएकाले जनताको माग बमोजिम काम गर्न सकेको छैन, यद्यपी जनभावना अनुसारको काम भने गरिरहेका छौं । शिक्षा, स्वास्थ्यको कामलाई प्राथमिकतामा राखेका छौं । सामूदायिक विद्यालय प्रति जति उत्साह प्रदान गर्नुपर्ने थियो त्यो गर्न सकिरहेका छैनौं । त्यो मैले किन भनिरहेको छु भने, स्थानीय जनताका करिब २५ देखि ३० प्रतिशत बालबालिका मात्र सामूदायिक विद्यालयमा अध्ययन गरिरहेको अवस्था छ । सामूदायिक विद्यालय प्रतिको विश्वासको दायरा बढाउदै शिक्षाको स्तर र विद्यार्थीको संख्या बढाउन जरुरी छ ।

स्वास्थ्यको कुरामा नगर अस्पताल (सूर्यविनायक नगर अस्पताल) हाम्रै वडामा छ । स्वास्थ्य चौकीले पनि आफ्नो दायरा बढाएको छ र हामीले पाटी भन्ज्याङ्गमा एउटा शहरी स्वास्थ्य चौकी संचालन गर्ने प्रकृया अघि बढाएका छौं । एक घर एक धाराको माग पनि त्यतिकै छ । पूर्वाधार विकास सँगसँगै चेतना विकास भईसकेपछि टेक्नोलोजीको पनि माग आएको छ । टेक्नोलोजीमा सीसीटीभी जडान गर्नुपर्ने कुराहरु जनताबाट आईरहेको छ त्यसलाई पनि हामीले सम्बोधन गर्न खोजिरहेका छौं । त्यसपछि सुरक्षाको कुरा आईरहेको छ । जतिजति बस्ती विस्तार हुँदै गयो, त्यति त्यति सुरक्षाको चुनौतीहरु थपिदै गईरहेको छ । यद्यपी प्रहरी वृत्त जगाती सँगै डोलेश्वरस्थित अस्थायी चौकी समेत स्थापना भईसकेको छ भने, सूर्यविनायक गणेश मन्दिरमा समेत अस्थायी चौकी छ । प्रहरीस“ग समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेको अवस्था छ ।

जनताको मागको कुरा गर्दा उमेर समूह, लिङ्ग, समुदाय अनुसार फरक फरक ढङ्गले आएको छ । यद्यपी हामीले स्रोत व्यवस्थापन गर्ने कुरा र व्यवस्थापन मात्र हुने काम गरिरहेका छौं । वडाध्यक्षको हैसियतमा भन्नुपर्दा अहिले सबैभन्दा ठूलो समस्या भनेको व्यक्तिगत स्वार्थ केन्द्रीत भएर समाज अघि बढेको छ । युवा विदेश पलायन हुने क्रम बढेसंगै सामाजिक काम वा संघ संस्थामा बस्ने व्यक्ति समेत पाउन गाह्रो हुने अवस्था छ ।

 वडाको नियमित गर्नुपर्ने काम गर्नलाई भौतिक पूर्वाधार र दक्ष जनशक्तिको उपलव्धता कस्तो छ ? 

हामी अहिले बसिरहेको वडा कार्यालयको भवन वडाको आफ्नै प्रशासनिक भवन होइन् । यो भवना पहिला शान्ति निकेतन माध्यमिक विद्यायलय थियो । यो भवनलाई स्थान्तरण गरेर अन्यत्र सारेपछि हामीले वडालाई व्यवस्थित गर्न खोजिरहेका छौं । अहिले हामी तेस्रो तलामा बसिराख्दा जेष्ठ नागरिक, अपाङ्गगता भएका सेवाग्राहीलाई गारो भईराखेको छ । भवन व्यवस्थित गर्न नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ । अब निर्मँण कार्य गर्दैछौं । सो वजेटाट सार्वजनिक शौचालय, सामूदायिक हल बनाउने कार्यक्रम छ ।

जनशक्तिको हिसाबले यहा कार्यरत कर्मचारी अनुभवी हुनुहुन्छ । हिजो स्थानीय निकाय देखिकै कर्मचारीसगको सहकार्यमै सबै काम अघि बढिरहेको छ । अर्को भनेको हाम्रँो ‘टीम वर्क’ पनि हो । अरु जनप्रतिनिधि, वडाध्यक्ष लगायत कार्यपालिका सदस्यले पनि आफ्नो इफोर्ट दिईराख्नु भएको छ । सिमित जनशक्ति भएपनि बेला बेलामा पाउनुपर्ने तालिमहरु पाईराख्नु भएको छ र हिजोको अनुभव र हालको तालिमले आफूले दिनुपर्ने सेवा प्रभावकारी रुपमा दिईरहेको महसुश मैले गरेको छु ।

 सिपाडोल तीव्रतर रुपमा बस्ती विस्तारको क्रममा छ, खानेपानी, ढल र फोहोर व्यवस्थापन कसरी गर्नु भएको छ ? 

बस्ती विस्तारको हिसाबले नेपालकै सबैभन्दा अग्रणी वडा अथवा नगरपालिकामा हामी पर्छौं । बस्ती विस्तारसंगै जनसंख्या वृद्धिदर १३ प्रतिशतको हाराहारीमा रहेको स्थितीमा खानेपानी, पूर्वाधार विकास र अन्य विकासका गतिविधि अघि बढाउनु चुनौतिपुर्ण भएपनि हामी खानेपानीको दृष्टिकोणले हामी सूर्यविनायक नगरपालिकै भाग्यमानी वडा हौ । नगरकोट पछिको दोस्रँो जलस्रोतको धनी वडाका रुपमा हामी छौ । यद्यपी यहाँ व्यवस्थापनको चुनौती छ । यसअघि उपभोक्ता समिति मार्फत खानेपानी वितरण भईराख्दा उपभोक्ता समिति नियमित रुपमा अधिवेशन नगर्ने र स्रोत कब्जा गरेर बस्ने गरेका कारण हामीले चलाएको एक घर एक धाराको अभियान पुरा गर्न चुनौती हामीले देख्यौ । त्यसलाई चिर्नको लागि १८ वटा उपभोक्ता समितिलाई समायोजन गरेर निश्चित संख्यामा घटाएर एकीकृत खानेपानी योजना अघि बढायौ । यसमा बागमती प्रदेश खानेपानीबाट १५ करोड रुपैयाँ बजेटक व्यवस्थापन भएर काम अघि बढीरहेको छ । ढल निकास तथा व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिकासग सहकार्य गरेर विभिन्न टोल सुधार समितिहरुले ६०÷४० को बजेट (साझेदारी) शिर्षकमा काम गरिराख्नु भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा बृृहत ढलको काम अघि बढ्ने क्रममा छ । तर त्यसमा पनि एक हजार घर बराबर २ रोपनी जग्गा व्यवस्थापन गर्ने चुनौती छ । सूर्यविनायक नगरपालिका ८ नम्बर वडाले त्यो व्यवस्थापन गर्न सक्छ भनेर कार्ययोजना अनुरुप ढल निकासको काम अघि बढेको छ र त्यसमा उा्जना अन्तरगत प्रशोधन सहितको ढल विकास कार्यक्रम रहेको छ । प्रसस्त जग्गा भएकाले हालसम्म फोहोर व्यवस्थापनको समस्या छैन ।

वडामा शिक्षा र सार्वजनिक यातायातको अवस्था कस्तो छ ?

वडामा ६ वटा सामूदायिक विद्यालय छन् । जसमध्ये गणेश मावि, श्री शान्ति निकेतन माविले पछिल्लो समय काचुली फेरेको भन्दा फरक नपर्ला । गणेश मावि नगरपालिकाकै नमना विद्यालयको रुपमा रहेको छ । सो विद्यालयमा कक्षाकोठाको अभावमा नया विद्यार्थी भर्ना लिनसक्ने स्थिती छैन । गणेश माविको सुविधायुक्त भवन निर्माणाधीन अवस्थामा छ । शान्ति निकेतन माविको सुविधायुक्त भवनमा कक्षा संचालन भईसकेको छ । नगरपालिकाको सहयोगमा शान्ति निकेतनमा स्कुल बस संचालनमा ल्याएपछि एक सय ३५ जना विद्यार्थी थप्न सफल भएका छौ । थप विद्यार्थीको संख्या सगसगै शिक्षाको गुणस्तर वृद्धि ल्याउनको लागि गृहकार्य भइरहेको छ । सबैभन्दा ठूलो चुनौती हाम्रै स्थानीयले हामीलाई नपत्याएसम्म सामूदायिक विद्यालयमा सुधार, स्तरोन्नती गर्न सकिदैन । त्यसका लागि हामीले थप कार्ययोजना बनाएर स्थानीय जनताको बालबच्चालाई सामूदायिक विद्यालयमा पढ्ने वातावरण बनाईरहेका छौं । स्वास्थ्यको क्षेत्रमा यसै वडामा रहेको नगर अस्पतालले पछिल्लो समय स्तरीय सेवा दिन थालेको छ । बिमा कार्यक्रम मार्फत सम्पूर्ण वडाबासीहरु त्यसमा जोडिनु भएको छ । बिमाका लागि ३ हजार ५ सय रुपैया तिर्नुपर्नेमा १ हजार रुपैया“ नगरपालिकाबाट तिरिदिने व्यवस्था गरिएको छ ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न हामीले स्थानीय र व्यवसायी बीच सहकार्य गराउछौं । हामी निर्वाचित भएर आउ“दा सार्वजनिक बसको उपलव्धता राम्रो नहुदा स्थानीयले सास्ती खेप्दै आउनु भएको अवस्था थियो । हाम्रै प्रयासमा डोलेश्वरबाट सिधै रत्नपार्कसम्म मिनिबस चल्न थालेको छ । त्यसका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समिति र वडा कार्यालयले सहजीकरण गर्दै आएका छौं ।

चालुवर्ष वडा विकासका लागि के–कस्ता योजना बनाउनु भएको छ ? 

समग्र रुपमा भन्नु पर्दा हामीले स्रँेत साधनको व्यवस्थापन गर्ने र प्राप्त स्रँेत साधनलाई अधिकतम उपयोग गरेर अधिकतम रिजल्ट निकाल्ने नै हो । नगरपालिकाले नगरसभाबाट बिनियोजन गरेर २ करोड ५० लाख रुपैया बजेट पठाएको छ । त्यसलाई हामीले विभिन्न टोल सुधार समिति लगायतका सरोकारवालासगको सहकार्यमा योजना बनाएर अहिले विकास निर्माणका काममा लगाएका छौं । सगसगै लक्षित वर्गसम्म अगाडी बढिसकेको छ । अरु माथिल्लो निकाय प्रदेश, संघलगायतका अरु संस्थाहरुसग पनि समन्वय भईरहेको छ । हामीले सिपाडोलको विकासका लागि सबैभन्दा सम्भावना देखेको भनेकै धार्मिक पर्यटनको हो । त्यसमा पनि डोलेश्वर मन्दिरलाई पहिलो प्राथमिकतामा राखेका छौं । यो केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भनेको नेपालको मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्यातीप्राँप्त भईरहेको छ । अहिले आइरहेका आन्तरिक तथा बाह्य पर्यटकलाई तीन÷चार गुणाले बढाउन सके यहा“को समग्र यस क्ष्त्रर्तफको आर्थिक विकास गर्छ भन्ने बुझेका छौं । त्यसैले डोलेश्वरको गुरुयोजनाको काम पुरा गर्न हामी लागि परेका छौं ।

हाम्रोे माथिल्लो बस्तीमा तामाङ बस्ती छ, त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नको लागि होमेस्टे लगायतका कार्यक्रम अघि बढाउने सोचका साथ संम्भाव्यता अध्ययन गरिरहेका छौं । जङ्गली बदेल, दुम्सी लगायतका जनावरले जङ्गल छेउका बालीनाली खाएर नष्ट गरिरहेका कारण धेरै खेतीयोग्य जमिन बाँझो राख्न थालिएको छ । त्यसको विकल्पको रुपमा हामीले सरोकारवालासँग छलफल गरेर बेसार, फलफूल, स्कुस खेती गर्न प्रोत्साहन गर्न थालेका छौं । अहिले स्थानीयहरुमा पूर्वाधार विकास सगसगँ आर्थिक विकासको पनि एजेन्डा उठोस् भन्ने हुटहुटी छ । तर, पूर्वाधार विकासका चीजहरु आज हामीले कुनै बाटो पिच ग¥यौ त्यसको रिजल्ट भर्खरै देखिने कुरा रह्यो । सामाजिक र आर्थिक विकासलाई समय लाग्ने भएपनि ती एजेन्डालाई हामीले व्यापक छलफल, कार्यक्रमहरु ल्याई रहेका छौं । महिला सशक्तिकरणका कार्यक्रम, युवा, एकल महिला, जनजाती, दलित लक्षित कार्यक्रमलाई पनि हामीले विशेष प्राथमिकताका साथ अघि बढाएका छौं ।

वडाको विकास गर्न चुनौती के के छन् जस्तो लाग्छ ?

हामीले देखेको विकास पूर्वाधार विकास भयो । अर्को भनेका अघि मैले उठान गरेको सामाजिक र आर्थिक विकासका कुराहरु रहे । अब पूर्वाधार विकासमा सबैभन्दा ठूलो चुनौती हाम्रो भूगोलको हो । हामी भक्तपुर जिल्लाको सबैभन्दा ठूलो वडा र पहाडी क्षेत्र पनि रहिराख्दा अपेक्षाकृत पूर्वाधार विकास गर्न सकेनौ की भन्ने कुरापनि हुन्छ । कतिपय सामाजिक र आर्थिक विकासका कुराहरु व्यक्ति व्यक्तिसँग जोडिएको हुन्छ । त्यसता कुराले पनि बिकास निर्माणका योजना छनौटमा समस्या पार्न सक्छन् । कतै दलको त कतै व्यक्तिगत स्वार्थका कारणले पनि हामीले गर्न खोजेका विकासका योजना÷एजेन्डामाथि प्रश्न उठ्ने गरेपनि हामीले बढीभन्दा बढी जनतालाई फाइदा पुग्ने योजनालाई प्राथमिक्तामा राखेर अघि बढाउँदै आएका छौं । गत आर्थिक वर्ष ०७९÷८० राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबले अर्थतन्त्रमा देखिएको मन्दीका कारण हामीले उठाउन खोजेको सामाजिक, आर्थिक विकासका कामलाई जनताले ऊर्जाका साथ नलिएको भन्ने मेरो बुझाई छ । कार्यक्रम उत्कृष्ठ हो तर, जुन ऊर्जा आउनुपर्ने, जुन इफोर्ट आउनुपर्ने जनताबाटै नपाई रहेको स्थिती छ ।

अघिल्ला जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले के–कस्तो सहयोग गरेका छन् ?

म भाग्यमानी वडाध्यक्ष्ँ हुँ । यसअघि निर्वाचित वडाध्यक्ष किरण थापा हाम्रो अभिभावकको रुपमा प्रदेशसभा सदस्यमा निर्वाचित भएर जानुभएको छ । उहाँको सहकार्य, सद्भावना, सदिक्षा सँधै हामीमा छदैछ, र विकास निर्माणमा पनि उहाँले एक्यबद्धताका साथ हामीलाई सहयोग गरी राखेकै स्थिती हो । नगरपालिकामा पनि हामीलाई साथ सहयोग गर्नुहुने नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु हामीले पाएका छौं । वडामा निर्वाचित जनप्रतिनिधिहरु बीच पनि सहकार्यमै काम गरिरहेका छौं । संघबाट जुन अपेक्षाकृत हिसाबले सहयोग आउनुपर्ने थियो, त्यति आएको अवस्था छैन । संघको अभिभावकीय भूमिकामा अलिकति कमजोरी रह्यो की भन्ने मेरो बुझाई छ । बिकास निर्माण लगायतका कार्यमा प्रतिस्पर्धी दलका नेताहरुले पनि साथ र सहयोग गरिराख्नु भएको छ ।

पाँच वर्षको कार्यकालमा वडालाई कस्तो बनाउने लक्ष्य छ, निर्वाचनमा गरेका बाचाहरु कति पुरा भए रु 

निर्वाचनमा हामीले गरेका प्रतिबद्धताकै आधारमा हामीले हाम्रो कार्य र गतिविधि अघि बढाएका छौं । डेढ वर्षमा ४० प्रतिशत भन्दाबढी प्रतिबद्धता हामीले पुरा ग¥यौं । ठुलो आशा र विश्वास गरेर एउटा युवालाई विजय गराएर पठाउनु भएको छ, निश्चयपनि अरु भन्दा पृथक ढङ्गले काम गरेर म जनताको विश्वास कामय राख्न सदैव प्रयत्नसिल रहने छु । पाँच वर्षमा हाम्रो वडावासीका आधारभुत आवश्यक्ता पुरा गर्नेगरी हामी काम गरिराखेका छौ । सबैंको सहयोग र साथ पाए हामी अन्य वडाभन्दा थप सुविधा दिंदै निर्वाचनमा गरेका बाचा भन्दा बढी काम गरेर देखाउँन चाहन्छौं ।

वडामा राजश्व संकलनको अवस्था के–कस्तो छ ?

राजश्वको हिसाबले सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सबैभन्दा अगाडी छ । गतवर्ष ०७९÷८० मा अलिकति आर्थिक चलाएमान नहँदापनि यो वडामा १ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । त्यो चाँही यहाँको वडाको काउन्टरबाट मात्र हो । अरु व्यवसायिक करहरु, वडामा भएका करहरु, नगरपालिकामा उठेका करहरु संकलन हुन्छन् र मालपोत कर त्यो अनुसारको जाँदा चाँही सूर्यविनायक नगरपालिकाको ८ नम्बर वडा राजश्वको हिसाबले मेरुदण्डको रुपमा रहेको छ । त्यो सबैले स्वीकार्नु पनि भएको छ । चालु आर्थिक वर्ष राजश्व संकलन २ करोड भन्दा माथि पु¥याउने लक्ष्य लिएका छौैं । त्यही अनुसार नै अगाडी बढेका छौ ।

वडामा दैनिक सरदर कति सेवाग्रँहीले सेवा लिनुहुन्छ, बढी समय के–कस्ता कामका लागि खर्चनु पर्छ ? 

हामी निर्वाचित हु“दाखेरी पहिलो वर्षमा दैनिक ७५ जना भन्दा माथि नै हुनुहुन्थ्यो । अहिले समष्टीगत रुपमा घरजग्गाको कारोबार, नयाँ घर बनाउने गतिमा पनि कमी आईराख्दा दैनिक करिब ५० जनाको हाराहारीमा सेवाग्रँहीले वडाबाट सेवा लिनुहुन्छ । भूगोलको हिसाबले पनि ठूलो, जनसंख्याले पनि धेरै र कारोबार धेरै हुने वडा भईराख्दा सेवाग्राही बढी देखिएका हुन् । पछिल्लो समय देशमा देखा परेको आर्थिक संकटका कारण आर्थिक गतीविधि कम हुंदा २५ प्रतिशत सेवाग्रँही घटेको स्थिती छ ।

नगरपालिकाले वडाको विकासमा के–कस्तो सहयोग गरिरहेको छ ? 

समग्र नगरपालिकाले खेल्नुपर्ने अभिभावकीय भूमिकामा नगरप्रमुख ज्यूले भूमिका निर्वाह गरिराख्नु भएको छ । उपप्रमुख ज्यू, नगर कार्यपालिका सदस्यहरु, समकक्षी साथीहरुले पनि त्यही अनुसार सहयोग गर्नुभएको छ । र वडा नम्बर ८ भूगोल चुनौती सगैँसगै अवसर पनि रहेको, धार्मिक पर्यटकीय क्षेत्रले अघि रहेको क्षेत्र भएकाले सबै क्षेत्रबाट हामीले राम्रो सहयोग र साथ पाएका छौं ।

केदारनाथको शिर डोलेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, राष्ट्रीय प्रँणी उद्यान यसै वडामा छन्, तीनको बिकास र बिस्तारमा के–कस्तो काम हुंर्दैछ ?

डोलेश्वर महादेव मन्दिर प्रवेशद्धारको पूर्ण स्वामित्व नगरपालिकाले लिएको छ । त्यसमा लागेको बजेट नगरपालिकाले व्यवस्थापन गरेको छ भने, त्यो सगैँसगैँ वडाबाट हामीले २५ लाख रुपैयाँ विनियोजित गरेर एउटा सामुदायिक भवन निर्माण गरेका छौं । त्यो सामुदायिक भवनमा एउटा बैंकको काउण्टर स्थापना गर्ने लक्ष्य लिएका छौैं । सोहि बैंकबाट स्थानीयले आर्थिक कारोवार गर्न सक्नु हुने छ भने सामाजिक सुरक्षा भत्ता पनि बैंकबाटै वितरण गर्न सक्यो भने देखि यहाका ज्येष्ठ नागरिकहरुले ३ महिनामा एक पल्ट डोलेश्वर मन्दिरको दर्शन पनि गर्न पाउनु हुनेछ । प्रदेशबाट प्रदेशसभा सदस्य माननीय किरण थापा ज्यूको पहलमा सामुदायिक भवनका लागि ३५ लाख रुपैय विनियोजित भएको छ । वडामा नगरपालिकाले विभिन्न शिर्षकमा बिकास निर्माणका ठुला योजना समेत अघि बढाएको छ । डोलेश्वर महादेव मन्दिरको गुरुयोजनाको काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित हामी अघि बढेका छौं ।

अन्तिममा भन्नै पर्ने र छुटेका केही कुराहरु छन् ? 

यो डेढ वर्षको कार्यकालमा वडाबासीहरुको चाहाना अनुसार नै हामी अगाडी बढेका छौं । यद्यपी सिमित स्रोतसाधनका कारण जनताको भावना अनुसार सबै काम गर्न नसकेको पनि हुनसक्छौँ । कसैले स्याबासी पनि दिनु भएको होला, कसैलाई काम गर्न नसकेको आभाष पनि भईरहेको होला । जनताका जाहेज मागका बारेमा सम्वाद गर्दै त्यसको हल गर्दै सबैसग सहकार्य गर्न हामी तयार छौं । हामी पनि वडाभित्रकै जनता र जनताले चुनेर आएका जनप्रतिनिधि मात्र हौं । हामी अरु भन्दा फरक छैनौं । यद्यपी हाम्रँ भूमिका फरक होला तर हामी पुग्ने गन्तव्य र वडाबासी पुग्ने गन्तव्य एउटै हो । गन्तव्यमा साथ साथ गयौँ भने नै हामी पुग्नेछौं । यो गन्तव्यमा पुग्ने क्रममा साथसाथै हिड्नको लागि सबैलाई आह्वान गर्दछौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }